बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीन वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।
विशेष न्यायाधीश-५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात-सात वर्षका दरले सजाय तोकेका हुन्।
बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइने छ । अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको छ । त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।