काठमाडौँ । मोदीले आयोजना गरेको निजी रात्रिभोजपश्चात पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको भागवत गीता उपहार दिए।
भागवत गीता उपहार दिँदै गरेको तस्बिर मोदीले सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत सार्वजनिक गरेका छन्।
'राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएँ। गीताको शिक्षा दुनियाँका लाखौं मानिसहरुलाई प्रेरणा दिन्छ,' उनले एक्समा लेखेका छन्।