असोज २९ गते २०८३ || October 15, 2026

सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिने 


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०७:१३

सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिने 

काठमाण्डौँ- विगतमा सरकारले दिएको उपदान गोल्डेन हेन्डसेक सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ । यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो । 

सोहीबमोजिम मन्त्रालयले २०७५ चैत ११ गतेको सचिवस्तरीय निर्णय गरेर पहिलो पटक सूचना प्रकाशित गरेको थियो । सो सूचनाअनुसार उक्त सेवाबाट वञ्चित भएको भन्दै केहीले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिएको केन्द्रले जनाएको छ । शिक्षक सम्बद्ध सङ्घ सङ्गठनले पनि छुटेकाहरूलाई सोहीबमोजिम सुविधा दिन मन्त्रालय तथा केन्द्रलाई अनुरोध गरेको थियो । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend