असोज २९ गते २०८३ || October 15, 2026

प्रदीप ज्ञवालीको टिप्पणी : नीतिगत समीक्षाका लागि महाधिवेशनको मञ्च प्रयोग गर्नु सम्भव छैन


बुधबार, मंसिर २४ २०८२०१:२४

प्रदीप ज्ञवालीको टिप्पणी : नीतिगत समीक्षाका लागि महाधिवेशनको मञ्च प्रयोग गर्नु सम्भव छैन

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक नभएको बताएका छन् । शनिबारदेखि भक्तपुरमा सुरु हुने पार्टीको ११ औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक प्रस्ताव लैजाने तयारी गरिरहेको बेला ज्ञवालीले नीतिगत बहस हुन नसक्ने बताएका हुन् । 

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो ‘स्ट्याटस’ मार्फत उनले भनेको छन्– ‘नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधरताले प्रभाव पार्ने विगतका अनुभवको निष्कर्षका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग–अलग आयोजना गर्ने व्यवस्था गरेका छौँ । तसर्थ, विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन ।’

भदौ २२ र २३ गते ललितपुरको गोदावरीमा भएको एमालेको विधान अधिवेशनले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको थियो भने पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा राखिएको थियो । उक्त निर्णयप्रति पोखरेल, भण्डारीसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायत नेताहरूले असहमति जनाएका थिए । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend