असोज २९ गते २०८३ || October 15, 2026

एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने


बुधबार, मंसिर २४ २०८२०२:०७

एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए ।

नका अनुसार पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड)छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend