असोज २९ गते २०८३ || October 15, 2026

ड्रोन आक्रमणमा परि २४ जनाको मृत्यु, ५० घाइते


बिहीबार , पुस १७ २०८२०३:०१

ड्रोन आक्रमणमा परि २४ जनाको मृत्यु, ५० घाइते

 युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा परि कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा ठुलो सङ्ख्यामा नागरिक नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुँदा धेरै जनधनको क्षेति भएको बताएका छन् । साल्डोले आक्रमणमा धेरै मानिस जिउँदै जलेको बताउँदै एउटा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठुलो आगलागी निम्त्याएपछि बिहीबार मात्रै अग्नि नियन्त्रकले आगो पूर्णरूपमा निभाउन सफल भएको पुष्टि गरेका छन् । 

डाक्टर अहिले घाइतेको ज्यान बचाउन प्रयास गरिरहेको बताउँदै उनले  क्षेत्रीय अधिकारीले पीडित र मृतकका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गर्ने तैनाथ गरिएको बताए ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend