कात्तिक १ गते २०८३ || October 17, 2026

चीनमा कोभिडका कारण दैनिक ९ हजारको मृत्यु


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०७:५७

चीनमा कोभिडका कारण दैनिक ९ हजारको मृत्यु

 काठमाण्डौँ - अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ । न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

न्युजडटकमडटएउले भनेको छ, ‘बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ । यो बेइजिङले नोभेम्बरमा कठोर शून्य–कोभिड स्वास्थ्य उपायहरू अबलम्बन गरेपछि आएको हो जुन वर्षौंदेखि थियो ।’

यसअघि एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनमा कडा तालाबन्दीका कारण विरोध प्रदर्शन सुरु भएको थियो । क्वारेन्टाइन आदेशका कारण फायर फाइटरहरूलाई अपार्टमेन्ट ब्लक भित्र आउन रोकिएको सर्वसाधारणले गुनासा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend