कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाल टी–ट्वान्टी : आज जनकपुर र काठमाडौं तथा लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुने


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०८:३८

नेपाल टी–ट्वान्टी : आज जनकपुर र काठमाडौं तथा लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुने

काठमाण्डौँ- काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन् । आइतबारको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । जनकपुर पाँचौ जितको खोजीमा रहेको छ भने काठमाडौं तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने काठमाडौं ४ अंक सहित तेस्रो स्थानमा रहेको छ।

यही संस्करणको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो । जनकपुर आइतबारको खेल जितेर यसअघिको हारको बदला लिन चाहन्छ भने काठमाडौं चाहिँ फेरि पनि जनकपुरलाई हराउन चाहन्छ । आइतबार नै हुने दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । लुम्बिनी छैठौं जित निकाल्न चाहान्छ । विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । विराटनगर ५ खेलमा ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend