असोज ३० गते २०८३ || October 16, 2026

अमेरिकाको अध्यागमन एजेन्टको गोली लागेर महिलाको मृत्यु


बिहीबार , पुस २४ २०८२११:३१

अमेरिकाको अध्यागमन एजेन्टको  गोली लागेर  महिलाको मृत्यु

अमेरिकामा अध्यागमनका एक एजेन्टले मिनियापोलिस सहरमा ३७ वर्षीया महिलाको गोली हानी हत्या गरेका छन् । आत्मरक्षाका लागि महिलालाई गोली हानिएको दाबी स्थानीय अधिकारीहरूले स्वीकारेका  छैनन् । 

रेनी निकोल गुड नाम गरेकी ती महिला हिंसक दंगाकारी भएको दाबी गृह सुरक्षा मन्त्रालयको छ । महिलाले  अध्यागमनका एजेन्टहरूलाई कुटपिट गर्न खोजेको समेत बताइएको छ ।

उता मिनियापोलिसका मेयर ज्याकब फ्रेले एजेन्टले लापरबाहीपूर्वक शक्ति प्रयोग गर्दा महिलाको ज्यान गएको भन्नुभएको छ । अवैध आप्रवासन विरुद्ध ह्वाइट हाउसको राष्ट्रव्यापी कारबाहीको एक भागको रूपमा अध्यागमनका सयौँ एजेन्टहरू सहरमा तैनाथ गरिएका छन् । 

सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूले बुधबार बिहान स्थानीय समय अनुसार लगभग १०ः२५ बजे भएको गोलीबारीका क्षणहरू देखाएको छ । भिडियोमा मिनियापोलिसको आवासीय सडकमा एउटा मरून रंगको एसयूभी देख्न सकिन्छ । विरोध प्रदर्शन गरिरहेका मानिसहरूको भीड फुटपाथमा लाइन लागेका छन् ।

कानुन प्रवर्तक संस्थाका सवारी साधनहरू नजिकै देखा पर्छन् । अध्यागमन एजेन्टहरू गाडीलाई सडकमा पार्क गरेर निस्कन्छन् । पछाडि बसेकी महिलालाई एसयूभीबाट बाहिर निस्कन भन्छन् । एजेन्टहरू मध्ये एकले चालक बस्ने तिरको ढोकाको ह्यान्डलमा तान्छन् । अर्को एजेन्ट गाडीको अगाडिको छेउमा उभिएका हुन्छन् । ती एजेन्ट कति नजिक उभिएका थिए वा उहाँलाई गाडीले ठक्कर दिएको हो कि भन्ने कुरा आफूले हेरेको भिडियोबाट स्पष्ट नभएको बीबीसीले लेखेको छ ।

मरून रंगको एसयूभी लिएर महिला भाग्न खोज्दा एजेन्टले गोली चलाउँछन् । गाडी नियन्त्रण गुमाउँदै नजिकैको सडकमा पार्क गरिएको कारमा ठोक्किन्छ । एसयूभीले आईसीईका एक अधिकारीलाई कुल्चिएको अनि उहाँ बाँच्नु भयो भनेर विश्वास गर्न गाह्रो भएपनि उहाँ निको भइरहेको सोसल टुथमा एउटा पोस्टमा ट्रम्पले लेख्नु भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend