असोज ३० गते २०८३ || October 16, 2026

औपचारिक शिक्षा, शिपमुखी सोच र संस्कारयुक्त शिक्षाको एजेन्डासहित नुर्पु शेर्पाको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी


शुक्रबार, पुस २५ २०८२०६:२१

औपचारिक शिक्षा, शिपमुखी सोच र संस्कारयुक्त शिक्षाको एजेन्डासहित नुर्पु शेर्पाको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

सिन्धुपाल्चोक ।
“औपचारिक शिक्षासँगै शिपमुखी शिक्षा र संस्कारयुक्त शिक्षाको योजना” लाई मूल एजेन्डा बनाउँदै नुर्पु शेर्पा ले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। हाल सिन्धुपाल्चोक जिल्लाध्यक्ष को जिम्मेवारी सम्हाल्दै आउनुभएका शेर्पाले जिल्लामा हासिल गरेको अनुभवलाई केन्द्रमा रूपान्तरण गर्दै विद्यार्थी आन्दोलनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार शेर्पाले भने, “अब विद्यार्थी संगठन केवल नारामा सीमित हुनु हुँदैन। शिक्षा, सीप र संस्कारलाई जोड्ने व्यवहारिक नेतृत्व आवश्यक छ।” उहाँको उम्मेदवारी यही सोच र दृष्टिकोणको निरन्तरता भएको बताइएको छ।
जिल्ला तहमा रहँदा नुर्पु शेर्पाले संगठन विस्तार, विद्यार्थी हकहितका मुद्दा उठाउनेदेखि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेषगरी शेर्पा विद्यार्थी फुट्सल प्रतियोगिता दुई पटक सफलतापूर्वक आयोजना गरेर विद्यार्थीहरूलाई खेलकुदमार्फत संगठित र ऊर्जाशील बनाउने काममा उहाँको योगदान उल्लेखनीय मानिन्छ।
उम्मेदवारी घोषणासँगै शेर्पाले शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र संस्कारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रमा पुगेर नीतिगत सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। “जिल्लामा गरेका कामहरू केवल सुरुवात हुन्, अब केन्द्रबाट परिवर्तन सम्भव छ,” उहाँले भन्नुभयो।
उहाँको उम्मेदवारीले विद्यार्थी आन्दोलनलाई थप संगठित, सशक्त र परिणाममुखी बनाउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्। “परिवर्तनको पक्षमा मत दिनुहोस्, संगठित बनौं र सशक्त बनौं” भन्ने नारासहित नुर्पु शेर्पा केन्द्रीय उपाध्यक्ष पदका लागि अघि बढ्नुभएको छ।

 

40590791-4e54-464a-8fc9-77df3db556ad.jfif
undefined
db300d69-9027-48f9-baac-9b3116129fee.jfif
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend