असोज २९ गते २०८३ || October 15, 2026

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि सुरु


आइतबार, पुस १७ २०७९१२:२५

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौँ - कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकबीच आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कुमारी र एनसीसी बैंक एक आपसमा मर्जर भई यी दुई कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व भागिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आजदेखि कुमारी बैंकको नामबाट सुरु भएको हो ।

बैंकको मुख्य कार्यालय हाल कुमारी बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान टंगालमा नै रहने बताइएको छ । बैंकको सञ्चालकमा कुमारीको तीन र एनसीसीका तीन जना रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल रहनेछन् । यी दुई बैंक मर्जर भई सञ्चालनमा आएको कुमारी बैंकको चुक्तापुँजी २५ अर्ब ८५ करोड कायम छ ।


  • सम्बन्धित विषय:

  • # कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि सुरु


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend