असोज २९ गते २०८३ || October 15, 2026

सुन र चाँदीको मूल्य घट्यो,आज कतिमा हुदैछ कारोबार ?


बिहीबार , माघ १ २०८२११:२३

सुन र चाँदीको मूल्य घट्यो,आज कतिमा हुदैछ कारोबार ?

अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुन र चाँदीको मूल्य  बिहीबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी तोलामा १७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको  छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend