असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड


आइतबार, माघ ११ २०८२११:३४

सुनको मूल्यमा नयाँ  रेकर्ड

 नेपाली बजारमा आज आइतबार पनि सुनको मूल्यले रेकर्ड बनाएको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल छ हजार ४८० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिले नेपाली बजारमा पनि मूल्यमा उछाल आएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस करिब ४ हजार ९३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend