कात्तिक १ गते २०८३ || October 17, 2026

रानीदेवी माध्यमिकको स्वर्ण जयन्ती: शिक्षा र समर्पणको उत्सव


शनिबार, चैत २१ २०८२०५:३८

रानीदेवी माध्यमिकको स्वर्ण जयन्ती: शिक्षा र समर्पणको उत्सव

काठमाडौँको रानीबारीस्थित रानीदेवी माध्यमिक विद्यालयले शनिबार आफ्नो स्थापनाको स्वर्ण जयन्ती अत्यन्त हर्षोल्लासका साथ मनाएको छ। वि.सं. २०३२ फागुन ७ गते सामान्य छाप्रोबाट सुरु भएको यो विद्यालयले अहिले एसईई तहसम्मको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

जयन्ती समारोहमा काठमाडौँ महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम थापाले विद्यालयलाई आधुनिक पूर्वाधार र प्रविधिबाट समृद्ध बनाइ क्षेत्रकै उदाहरणीय शैक्षिक संस्था बनाउने भावुक प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक विकासका लागि वडा कार्यालयले निरन्तर प्राथमिकता दिने स्पष्ट पार्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रसन्न नरसिंह राणा, पूर्वप्रधानाध्यापक रामजी गौतम र प्रधानाध्यापक नारायण गौतमले गुणस्तरीय शिक्षा पहुँच सुनिश्चित गर्न सकिनेमा जोड दिँदै भने कि यस्तो शिक्षा विशेषगरी विपन्न र जेहेनदार विद्यार्थीका लागि जीवन परिवर्तन गर्ने अवसर हो।

सो अवसरमा विद्यालयको प्रगतिमा योगदान पुर्‍याउने शिक्षण र समाजसेवी व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यालयले शिक्षा र समर्पणको उत्सवलाई सबैमा प्रेरणादायी बनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend