काठमाण्डौँ - अबदेखि मौसमी कामदार सिजनल वर्कर हरूले वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । यसअघि कानूनको अभावमा व्यक्तिगत श्रम स्वीकृति लिएर सिजनल वर्करको रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । जसलाई नेपालको कानूनले अवैध मान्दै आएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थानि निर्देशिका २०७९’ जारी गरेको छ । उक्त निर्देशिका नहुँदा सरकारले छोटो समयका लागि वैदेशिक रोजगारी जाने कामदारलाई अवैध मान्दै आएको थियो । अबदेखि भने वैधानिक रूपमा नै श्रम स्वीकृति लिएर मौसमी कामदारको रूपमा जान पाउने भएका छन् ।