कात्तिक २ गते २०८३ || October 18, 2026

जम्मू–कश्मीरको एक गाउँमा भएको गोलाबारीमा तीन स्थानीयको मृत्यु


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०७:१०

जम्मू–कश्मीरको एक गाउँमा भएको गोलाबारीमा तीन स्थानीयको मृत्यु

काठमाडौँ- जम्मू–कश्मीरको राजौरी जिल्लास्थित डांगरी गाउँमा आइतबार बेलुका भएको गोलाबारीमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

 स्थानीय प्रहरीले आक्रमण गर्नेको पहिचानबारे अहिले कुनै जानकारी दिएको छैन । जम्मू–कश्मीर प्रहरीका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले लिखित बयानमा गोलाबारी माथिल्लो डांगरी गाउँमा भएको पुष्टि गरेका छन् । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend