कात्तिक १ गते २०८३ || October 17, 2026

कंगोमा पहिरोमा परी १० जनाको मृत्यु, ९ घाइते


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०८:११

कंगोमा पहिरोमा परी १० जनाको मृत्यु, ९ घाइते

काठमाण्डौँ - अफ्रिकी मुलुक कंगोमा भीषण वर्षापछि आएको पहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ । कंगोको दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा भारी वर्षापछि आएको पहिरोमा अस्थायी खानीका १० जनाको मृत्यु भएको हो । सोही पहिरोमा परी ९ जना घाइते भएका छन् । पहिरोमा परी केही वेपत्ता र सयौं घरबारबिहीन भएका छन् । पहिरोले सोही क्षेत्रका दुईव टा सुनखानी स्थलमा क्षति पुर्याएको छ ।

पहिरोमा थुप्रै मानिस पुरिएको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको छ । कंगोमा गत डिसेम्बमा मुसलधारे वर्षाका कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा १ सय ६० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।


  • सम्बन्धित विषय:

  • # कंगोमा पहिरोमा परी १० जनाको मृत्यु, ९ घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend