असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,  तराईका थोरै भू–भागमा हुस्सु


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०७:०७

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,  तराईका थोरै भू–भागमा हुस्सु

काठमाडौं - देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा, हिमपात र हुस्सुका कारण चिसो बढ्नेक्रममा रहेको विभागले जनाएको छ ।  हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र सडक यातायात तथा हवाई सेवामा प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,  तराईका थोरै भू–भागमा हुस्सु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend