असोज ३० गते २०८३ || October 16, 2026

डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला हत्याकाण्ड अनुसन्धान : डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन !


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०८:०१

डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला हत्याकाण्ड अनुसन्धान : डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन !

काठमाडौँ - निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको छ ।

डीएनए परीक्षणका लागि रगत संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एकजना अधिकृतले  बताए । रगतको नमूना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ । यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो ।


  • सम्बन्धित विषय:

  • # डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला हत्याकाण्ड अनुसन्धान : डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend