असोज ३० गते २०८३ || October 16, 2026

 बाजुरा निर्वाचनमा ज्यान गुमाएक दुई युवाका परिवारलाई सरकारले १०/१० लाख राहत दिने 


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०१:०७

 बाजुरा निर्वाचनमा ज्यान गुमाएक दुई युवाका परिवारलाई सरकारले १०/१० लाख राहत दिने 

काठमाडौँ - गत मंसिर ४ गतेको निर्वाचनका क्रममा बाजुरा ज्यान गुमाएको दुई युवाका परिवारलाई सरकारले राहत प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको बेला मृत्यु भएका चेतन अयडी र सञ्जीव अयडीमा परिवारलाई जनही १०र१० लाख दिने निर्णय गरेको हो ।

यस्तै बैठकले कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउने निर्णय पनि गरेको छ । बिहीबारको बैठकले नै राष्ट्रिय सभामा रिक्त रहेको पदमा आगामी माघ २५ गते निर्वाचन गर्ने गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # बाजुरा निर्वाचनमा ज्यान गुमाएक दुई युवाका परिवारलाई सरकारले १०/१० लाख राहत दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend