कात्तिक ३ गते २०८३ || October 19, 2026

नेपाल टी-२० लिग : जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०२:५६

नेपाल टी-२० लिग : जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित

काठमाडौँ - नेपाल टी-२० लिगअन्तर्गत शुक्रबार जनकपुर रोयल्सले लुम्बिनी अलस्टारलाई पराजित गरेको छ । त्रिवि मैदामा शुक्रबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा १५९ रन बनाएको थियो । १६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो। लुम्बिनीका अनिलकुमार शाहले सर्वाधिक ३५ रनको योगदान दिए । ओपनर लाहिरु मिलान्था ३२, सुनिल धमला २७,गुलशन झा १०, कप्तान कुशल भुर्तेल ५, ह्यारी टेक्टर ७ र साड्ली भान ५ रनमा आउट भए । 

जनकपुरका कप्तान ट्रेभोन ग्रिफिथले ३ विकेट लिए। समिउल्लाह शिनवारीले दुई विकेट लिए। जनकपुरका ग्रिफिथ ११ बलमा ३ चौका र ५ छक्कासहित ४७ रनमा अविजित रहे। ओपनर शराफुद्दिन अशरफ ५ चौका र १ छक्कासहित ३४ रनमा आउट भए। खडक बोहरा २२, दीलिप नाथ १० र अशान प्रियन्जनले ८ रनको योगदान दिए ।  लुम्बिनीका सागर ढकालले २ विकेट लिए। कुशल भुर्तेलले २ तथा प्याट ब्राउन र ईशान पाण्डेले सामान १र१ विकेट लिए। खेल हारेपनि लुम्बिनी १० खेलमा ८ मा जितसहित १६ अंक जोड्दै शीर्षस्थानमा छ। जनकपुर १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।


  • सम्बन्धित विषय:

  • # नेपाल टी२० लिग : जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend