असोज ३० गते २०८३ || October 16, 2026

नेपालको दोस्रो जित : पीएनजी सात विकेटले पराजित


मंगलबार, चैत ८ २०७८०८:०५

नेपालको दोस्रो जित : पीएनजी सात विकेटले पराजित

काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि नेपाल विजयी भएको छ। मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो।

यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो। यसअघि पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

नेपालको जितमा आरिफ शेखले ५९ रनको अर्धशतकीय योगदान गर्नुभयो भने रोहित पौडेलले ४४ बनाउनुभयो। पीएनजीका चाल्र्स अमिनीले दुई र काबुआ मोरले एक विकेट लिनुभयो।

यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिनुभएको थियो। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक–एक विकेट लिनुभयो।

नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले मङ्गलबार चौंथो खेलमा सात विकेटकाे जित दर्ता गरेको हो।

लिग–२ अन्तर्गतको सिरिजका १२ खेल खेलेको नेपाल छैठौं स्थानमा छ । १२ अंक जोडेको नेपाल ६ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ ।

३७ अंकसहित ओमान शीर्ष स्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाकाे क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । पिएनजी भने दुई अंकसहित तालिकाको पुछारमा छ ।


  • सम्बन्धित विषय:

  • # आईसीसी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend