असोज ३० गते २०८३ || October 16, 2026

भारतले जित्यो वर्षको पहिलो एकदिवसीय


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९११:०६

भारतले जित्यो वर्षको पहिलो एकदिवसीय

काठमाण्डौँ - भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली ६७ रनले विजयी भएको छ । भारतका स्टार खेलाडी विराट कोहलीले करिअरको ४५ औँ शतक प्रहार गर्दै टिमको जिमा महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । जितसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ ।

गुवाहाटीमा भएको खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रनको उच्च स्कोर बनायो। भारतको उच्च स्कोरमा कोहलीले करिअरको ४५ औँ शतक प्रहार गरे। उनले ८० बलमा शतक पूरा गरेका थिए। उनले ८७ बलमा १ सय १३ रन बनाउँदा कप्तान रोहित शर्माले ६७ बलमा ८३ रन बनाए। त्यस्तै, शुभमन गिलले ७० रनको इनिङ खेलेका थिए।

थप दोहरो स्कोरका रूपमा केएल राहुलले ३९ रन बनाउँदा श्रेयस अय्यरले २८ तथा हार्दिक पाण्ड्याले १४ रन बनाएका थिए। श्रीलंकाका कउसन रजिथाले ३ विकेट लिएका थिए। जवाफमा श्रीलंका निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रनमा समेटियो। उसका लागि कप्तान दसुन शनाकाले १०८ रनको शतकीय इनिङ खेले पनि टिमको हार टार्न सकेनन्। त्यस्तै, पाथुम निसन्काले ७२ रन बनाउँदा धनञ्जय डी सिल्भाले ४७ रन बनाएका थिए। त्यस्तै, चरिथा असलन्काले २३ रन बनाउँदा चममिका करुनारत्नेले १४ रन बनाएका थिए। भारतका लागि उमरान मलिकले ३ विकेट लिँदा मोहम्मद सिराजले २ विकेट हात पारे। त्यस्तै मोहम्मद सामी, मोहम्मद सिराज र युजवेन्द्र चाहलले समान १-१ विकेट लिए।


  • सम्बन्धित विषय:

  • # भारतले जित्यो वर्षको पहिलो एकदिवसीय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend