असोज ३० गते २०८३ || October 16, 2026

अफगानिस्तानमा आत्मघाती बम विस्फोट : २० जनाको ज्यान गयो, ४० जनाभन्दा धेरै घाइते


पिपल अनलाइन
बिहीबार , पुस २८ २०७९०२:१३

अफगानिस्तानमा आत्मघाती बम विस्फोट : २० जनाको ज्यान गयो, ४० जनाभन्दा धेरै घाइते

काठमाण्डौँ - अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएको हो । 

अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको समाचार संस्था अल जजिराले जनाएको छ ।
तालिबान सरकारले हताहतको सङ्ख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दाबी गरेको छ ।
 


  • सम्बन्धित विषय:

  • # अफगानिस्तानमा आत्मघाती बम विस्फोट : २० जनाको ज्यान गयो, ४० जनाभन्दा धेरै घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend