कात्तिक १ गते २०८३ || October 17, 2026

प्रिमियर लिगमा ब्राइटनसँग लिभरपुल ३–० पराजित


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०७:४७

प्रिमियर लिगमा ब्राइटनसँग लिभरपुल ३–० पराजित

काठमाण्डौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३–० को हार बेहोरेको हो । ब्राइटनको जितमा सोली मार्चले दुई र ड्यानी वेल्बेकले एक गोल गरे । खेलको ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए । 

५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई दोब्बरको अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३–० को शानदार जित दिलाए । योसँगै  सातौं स्थानमा रहेको ब्राइटनले १८ खेलमा ३० अंक जोडेको छ । लिभरपुल १८ खेलमा २८ अंकका साथ आठौं स्थानमा रहेको छ । 


  • सम्बन्धित विषय:

  • # प्रिमियर लिगमा ब्राइटनसँग लिभरपुल ३–० पराजित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend