असोज ३० गते २०८३ || October 16, 2026

आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०८:१०

आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै

 काठमाण्डौँ - नेपाल एयरलाइन्सले आज इलाम–काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत  भएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज पुनः उडान सञ्चालन हुने भएको हो। इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो। तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ । 

विमानबाट इलाम–काठमाडौँ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ। आज करिब ८ बजे काठमाडौँबाट उडान गर्ने तालिका छ। इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताए। उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको बताए । 


  • सम्बन्धित विषय:

  • # आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend