असोज ३० गते २०८३ || October 16, 2026

दमकमा भीषण आगलागी, पाँचवटा कस्मेटिक तथा कपडा पसल जलेर नष्ट


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०९:४७

दमकमा भीषण आगलागी, पाँचवटा कस्मेटिक तथा कपडा पसल जलेर नष्ट

 काठमाडौा - झापाको दमकमा भीषण आगलागी भएको छ । आज बिहान करिब साढे ३ बजे दमक नगरपालिका–६ नमुना मार्गसँगै जोडिएका पसलमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा पसल सञ्चालन गर्दै आएका राजु श्रेष्ठको जुक्ता पसलबाट आगो सुरु भएको थियो । 

पसलसँगै जाडिएका अन्य कस्मेटिक तथा कपडा पाँचवटा पसलमा पनि पुर्णरुपमा क्षति भएको छ । दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाका बारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । अहिले आगो पुर्णरुपमा आगो नियन्त्रणमा आइसकेको झापा प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # दमकमा भीषण आगलागी, पाँचवटा कस्मेटिक तथा कपडा पसल जलेर नष्ट
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend