असोज ३० गते २०८३ || October 16, 2026

करेन्ट लगाएर माछा मार्दा पाल्पामा एक जनाको मृत्यु


पिपल अनलाइन
आइतबार, माघ १ २०७९११:५७

करेन्ट लगाएर माछा मार्दा पाल्पामा एक जनाको मृत्यु

पाल्पा - पाल्पाको माथागढीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । माथागढी वडा नं। १ अगाहा खोलामा माछा मार्नेक्रममा रम्भा गाउँपालिका वडा नं ४ का ३० वर्षीय विष्णुबहादुर थापाको ज्यान गएको हो ।

शनिबार खोलामा हुक लगाएर करेन्टले माछा मार्ने क्रममा घाइते भएका थापाको उपचारको क्रममा शनिबार राति साढे ९ बजे मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । उक्त खोलमा माछा मार्न गएका अन्य आठ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # करेन्ट लगाएर माछा मार्दा पाल्पामा एक जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend