असोज ३० गते २०८३ || October 16, 2026

विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै


पिपल अनलाइन
आइतबार, माघ १ २०७९१२:५३

विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् । पोखरामा आज भएको विमान दुर्घटनाबारे थप जानकारी लिनका लागि उनीहरु घटनास्थलतर्फ जान लागेका हुन् ।

 काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।


  • सम्बन्धित विषय:

  • # विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend