असोज ३० गते २०८३ || October 16, 2026

भारतबाट फेरि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आयो, नेपालको अबस्था के छ ?


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०३:४४

भारतबाट फेरि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आयो, नेपालको अबस्था के छ ?

काठमाडौँ - भारतबाट फेरि पेट्रोलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ । भारतले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । उक्त सूचीअनुसार अहिले पेट्रोलको मूल्य बढेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । पुस २४ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३, ३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # भारतबाट फेरि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आयो, नेपालको अबस्था के छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend