असोज ३० गते २०८३ || October 16, 2026

५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०८:००

५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात

काठमाण्डौँ - चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।

भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष आव को ५ महिना साउन मङ्सिरमा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ । आव २०७७र७८ मा अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन आयात भएको देखिन्छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # ५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend