असोज ३० गते २०८३ || October 16, 2026

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम कति ? 


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०५:१५

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम कति ? 

 काठमाडौँ - बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक ०.६३ प्रतिशतले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।

नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो । बैंकिङ उपसूचक १।०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०।६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । विकास बैंक हाइड्रोपावर र होटल तथा पर्यटन उपसूचकमा दुई प्रतिशत भन्दा माथिको गिरावट हुँदा नेप्से पनि घटेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई लगायत केही बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणका कारण लगानीकर्ताको आकर्षण हुँदा सोमबार बैंकिङ उपसूचक बढ्न पुगेको छ । नेप्सेमा गिरावट भएपनि सामबार कारोबार रकम भने ४ अर्ब नजिक पुगेको छ । १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ३ अर्ब ८६ करोड ४० लाख ९ हजारको कारोबार भएको छ । 


  • सम्बन्धित विषय:

  • # शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend