असोज ३० गते २०८३ || October 16, 2026

शुभम पावरले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै 


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०७:३३

शुभम पावरले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै 

काठमाण्डौँ - शुभम पावर कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लािग छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।


  • सम्बन्धित विषय:

  • # शुभम पावरले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend