कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर, तोलाको कति छ ? 


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९०२:३७

सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर, तोलाको कति छ ? 

काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज हिजो मंगलबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम छ ।  


  • सम्बन्धित विषय:

  • # सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर, तोलाको कति छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend