कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाली बजारमा गहुँबाट उत्पादित वस्तुको मूल्य दोब्बरले वृद्दि


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९०८:१७

नेपाली बजारमा गहुँबाट उत्पादित वस्तुको मूल्य दोब्बरले वृद्दि

 काठमाडौँ - नेपाली बजारमा गहुँबाट उत्पादित वस्तुको मूल्य दोब्बरले वृद्दि भएको छ । आन्तरिक उत्पादनमा कमी आएको भन्दै यही वर्षको जेठ महिनामा भारतले गहुँ निर्यातमा रोक लगाएपछि गहुँबाट उत्पादित वस्तुको बढेको हो ।

रुस–युक्रेन युद्धपछि विश्वभर गहुँको माग बढ्दा भारतले आन्तरिक खपतका लागि भन्दै निर्यातमा रोक लगाएको थियो । भारतले गहुँको निर्यात प्रतिबन्ध लगाउनुअघि नेपाली बजारमा आँटाको मूल्य प्रतिकिलो ५० रुपैयाँ थियो । तर, यति बेला आँटाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ ।
यस्तै, भारतले गहुँ प्रतिबन्ध लगाउनुअघि बजारमा मैदाको मूल्य किलोमा ५० रुपैयाँ प्रतिकिलो नै थियो । हाल मैदाको मूल्य बढेर किलोमा ९० रुपैयाँ पुगिसकेको छ ।


  • सम्बन्धित विषय:

  • # नेपाली बजारमा गहुँबाट उत्पादित वस्तुको मूल्य दोब्बरले वृद्दि
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend