असोज ३० गते २०८३ || October 16, 2026

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको कति ? 


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९१२:४७

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको कति ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । बुधबार केही सयले घटेको सुनको मुल्य आज फेरि बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend