कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ?


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९१२:३४

सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ?

काठमाडौँ - बिहीबार रेकर्ड बनाएको सुनको भाउमा शुक्रबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ हजार १ सय रुपैयाँले घटेको हो । यो दिन छापावाल सुनलाई प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ पर्नेछ ।

तेजावी सुनलाई आज १ लाख ५ हजार ३ सय रुपैयाँ पर्नेछ । यसअघि भने १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  यता, चाँदीको भाउ भने स्थिर नै रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार गर्न सकिनेछ । 


  • सम्बन्धित विषय:

  • # सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend