असोज ३० गते २०८३ || October 16, 2026

आजको कालीमाटी तरकारी भाउ कति छ ? 


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९०८:५७

आजको कालीमाटी तरकारी भाउ कति छ ? 

 काठमाण्डौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १७० रुपैयाँ, अदुवा र सुकेको नेपाली लसुन ९५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला, बकूला र गान्टे मूला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ, रातो आलु २९ रुपैयाँ, भारतीय रातो आलु २७ रुपैयाँ, सेतो आलु २१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ७५ रुपैयाँ, तराई काउली १७ रुपैयाँ ५० पैसा, स्थानीय काउली २५ रुपैयाँ, लोकल काक्रो रातो मूला, तरुल र गान्टे मूला ६५ रुपैयाँ, कागती १२० रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, हरियो खुर्सानी ७५ रुपैयाँ, तराई गाजर १४ रुपैयाँ २५ पैसा, लोकल गाजर २० रुपैयाँ, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा र नेपाली गोलभेडा ४५ रुपैयाँ रहेको छ ।  

त्यस्तै, लोकल गोलभेडा प्रतिकेजी १२ रुपैयाँ, ग्याठ कोबी ५६ रुपैयाँ ६७ पैसा, घिउ सिमी राजमा ७६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी र मटरकोशा प्रतिकेजी ५५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ७५ रुपैयाँ, चमसूरको साग ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य १२० रुपैयाँ, डल्ले च्याउ ३०२ रुपैयाँ, जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ४५ रुपैयाँ, जुनार २४० रुपैयाँ, छडी माछा २५६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २७३ रुपैयाँ ३३ पैसा, रहु माछा ३७६ रुपैयाँ ६७ पैसा, तामा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, पार्सले ३२५ रुपैयाँ, पालूगो साग ८६ रुपैयाँ ६७ पैसा, पिंडालू ४२ रुपैयाँ ५० पैसा, पुदीना ३७५ रुपैयाँ र नेपाली सुन्तला १५० रुपैयाँ तोकिएको छ । 


  • सम्बन्धित विषय:

  • # आजको कालीमाटी तरकारी भाउ कति छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend