असोज ३० गते २०८३ || October 16, 2026

माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नुभयो ?


मंगलबार, माघ १७ २०७९१२:१०

माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नुभयो ?

काठमाडौँ - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ १३ गतेदेखि निष्काशन खुला भएको आईपीओमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।   

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ ।  


  • सम्बन्धित विषय:

  • # माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नुभयो ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend