असोज ३० गते २०८३ || October 16, 2026

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन 


पिपल अनलाइन
बुधबार, माघ १८ २०७९१२:४१

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन 

बाँके - अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ । पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान सञ्चालन गरेको हो । 

उक्त अभियानअन्तर्गत बाँकेमा कुखुरा व्यवसायीलगायत सरोकारवालासँग पशु कल्याण सुनिश्चिताको विषयलाई उठान गर्दे अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त अभियानका बारेमा समन्वय तथा सहकार्य सुरु गरेको एनिमल नेपालका कार्यक्रम संयोजक तथा पिँजडा मुक्त कुखुरा अभियानका अभियानकर्मी मधु कट्टेलले जानकारी दिए । 

    उनका अनुसार पशुपक्षी कल्याणको विषयमा सरोकारवालाको ध्यान जान नसक्दा अण्डा उत्पादन गर्ने कुखुराले साँघुरो खोरमा हलचल गर्न नपाउने गरी राखिँदा सास्ती भइरहेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै अण्डा उत्पादन गर्ने कुखुराका लागि पिँजडा मुक्त अभियान सुरु गरिएको हो । 

    “कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफैँ खोज्ने पक्षी हो, तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचलसम्म गर्ने स्थान नदिएर आजीवन जबर्जस्ती अण्डा दिन उत्पादन गरिन्छ”, उनले भने, “कुखुरा पनि जीवित पक्षी भएकाले मानिस जस्तै दुखाइभोगाइ महसुस गर्छन्, तर मानिसले व्यापार व्यवसायमा फाइदाका लागि कुखुरा पनि जीवित पक्षी हो भन्ने बिर्सिएको छ ।”

    अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खानयोग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियान सफल बनाउन सरोकारवालाको साथको अपेक्षा गरेको उनले बताए। 


  • सम्बन्धित विषय:

  • # अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend