असोज ३० गते २०८३ || October 16, 2026

नेप्सेमा सामान्य अंकको वृद्धि, शेयर बजार ४.९७ अंकले बढ्यो !


बुधबार, माघ १८ २०७९०४:१९

नेप्सेमा सामान्य अंकको वृद्धि, शेयर बजार ४.९७ अंकले बढ्यो !

काठमाडौँ -  बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से ४.९७ अंकले बढेको हो । मंगलबार नेप्से परिसूचक १५.७० अंक घटेको थियो । बुधबार ०.२४ प्रतिशतले बढेर २११६.६५ को विन्दुमा पुगेको छ ।

यस दिन २६१ कम्पनीको एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँबराबरको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भयो ।
सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४०१.१६ को विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये बुधबार आठ उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँच उपसमूहको समूहगत सूचक घटेको छ ।

यस दिन होटेल तथा पर्यटन समूहको सेयर मूल्य सर्वाधिक १.५६ प्रतिशतले बढेको छ । विकास बैंक समूहको सेयर मूल्य १.२४ प्रतिशतले बढेको छ । लगानी समूहको सेयर मूल्य सर्वाधिक ०.५४ प्रतिशतले घटेको छ ।

 


  • सम्बन्धित विषय:

  • # नेप्सेमा सामान्य अंकको वृद्धि, शेयर बजार ४.९७ अंकले बढ्यो !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend