असोज ३० गते २०८३ || October 16, 2026

बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाईने


आइतबार, माघ २२ २०७९०७:२८

बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाईने

काठमाण्डौँ - बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपिओ निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । संस्थाको आईपीओमा सर्वसाधारणले भने फागुन १८ गतेदेखि मात्र आवेदन दिन पाउनेछन् । लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

सोमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।


  • सम्बन्धित विषय:

  • # बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाईने, कसले दिने आवेदन ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend