कात्तिक १ गते २०८३ || October 17, 2026

आन्दोलित व्यवसायीहरुले फागुन ७ गतेदेखि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने


आइतबार, माघ २२ २०७९०४:१८

आन्दोलित व्यवसायीहरुले फागुन ७ गतेदेखि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने

काठमाडौँ - सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्टमा सेवा शुल्क लिन नपाउने गरी फैसला सुनाएसँगै आन्दोलित बनेका व्यवसायीहरुले फागुन ७ गतेदेखि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने घोषणा गरेका हुन् ।

सर्वोच्च अदालतले सो फैसलागरेपछि होटल तथा रेष्टुरेन्टमा कार्यरत मजदुरहरुका तीनवटा संगठनले देशभरीका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेका हुन् ।अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष कुमार पन्तले उक्त कुरा बताएका छन् । ‘हामीले लिँदै आएको सुविधामा अदालतले हस्तक्षेप गर्यो’, उनले भने, ‘अब आन्दोलन गर्नुको विकल्प छैन, माघ २७ देखि बुकिङ बन्द गर्छौं र फागुन ७ गतेदेखि सबै होटल बन्द गराउछौँ ।’


  • सम्बन्धित विषय:

  • # आन्दोलित व्यवसायीहरुले फागुन ७ गतेदेखि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend