असोज ३० गते २०८३ || October 16, 2026

शेयर बजारमा सामान्य सुधार 


सोमबार, माघ २३ २०७९०३:४३

शेयर बजारमा सामान्य सुधार 

काठमाण्डौँ - शेयर बजार आज सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत र मिथिला लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बाराही हाइड्रो पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । 


  • सम्बन्धित विषय:

  • # शेयर बजारमा सामान्य सुधार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend