असोज ३० गते २०८३ || October 16, 2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


मंगलबार, माघ २४ २०७९०७:१७

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

 काठमाण्डौँ - सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।

वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९र१०र२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थको मूल्य वृद्धि


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend