असोज २९ गते २०८३ || October 15, 2026

शेयर बजार सामान्य अंकले बढ्यो, नेप्से १२.४३ अंकले उकालो लाग्दा कारोवार रकम कति ? 


बिहीबार , माघ २६ २०७९०४:०७

शेयर बजार सामान्य अंकले बढ्यो, नेप्से १२.४३ अंकले उकालो लाग्दा कारोवार रकम कति ? 

 काठमाण्डौँ - साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.४३ अंकले वृद्धि भएर नेप्से २१८२.६१ बिन्दुमा आएर रोकिएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अंकले वृद्धि भइ ४१५.४२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपी हाइड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबील बैंक र तेस्रोमा नगदी गु्रप पावरको कारोबार भएको छ । बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरुमा हरियाली छाएको छ । आजको कारोबारबाराही हाइड्रोको सेयर भाउ १० प्रतिशतले बढेको छ ।

 


  • सम्बन्धित विषय:

  • # शेयर बजार सामान्य अंकले बढ्यो, नेप्से १२.४३ अंकले उकालो लाग्दा कारोवार रकम कति ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend