कात्तिक १ गते २०८३ || October 17, 2026

मोबाइल पसल लुटपाटमा संलग्न धादिङका अधिकारीसहित ६ जना पक्राउ !


शुक्रबार, फागुन ५ २०७९०७:२६

मोबाइल पसल लुटपाटमा संलग्न धादिङका अधिकारीसहित ६ जना पक्राउ !

 काठमाडौँ - यही फागुन १ गते गोंगबुस्थित नयाँ बसपार्कको लोत्से मलमा मोबाइल पसल लुटपाटमा संलग्न थप ६ जना पक्राउ परेका छन् । 

लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी उक्त पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामान चोरी तथा लुटपाटमा संलग्न थप ६ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका ८ घर भइ हाल ठमेल बस्ने २३ वर्षीय रोजन डंगोल, गोरखाको अजिरकोट गाउँपालिका ३ हंसपुर घर भई हाल काठमाडौं माछापोखरी बस्ने ३० वर्षीय सुजन तामाङ रहेका छन् ।

यस्तै, धादिङको नेत्रावती गाउँपालिका १ घर भई हाल काठमाडौं बालाजु बस्ने २३ वर्षीय सुवास अधिकारी, झापाको झिलझिले घर भई हाल काठमाडौं गोंगबु बस्ने १९ वर्षकी जोना चौधरी पनि मोबाइल लुटपाट गरेको अभियोगमा प्रकाउ परेकी छन् ।

यसैगरी, मोरङको लेटाङ नगरपालिका ५ घर भई हाल काठमाडौं मनमैजु बस्ने ३० वर्षीय रितेश बस्नेत र मोरङकै बेलाबारी नगरपालिका ४ घर भई हाल काठमाडौं बसपार्क काउन्टरमा काम गर्ने ३० वर्षीय एमन राई समेत पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरि अदालतमा म्याद थपप समेत लिइसकेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # मोबाइल पसल लुटपाटमा संलग्न धादिङका अधिकारीसहित ६ जना पक्राउ !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend