असोज ३० गते २०८३ || October 16, 2026

दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


शुक्रबार, फागुन ५ २०७९१२:३५

दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज छापावाला सुन ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।

यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend