काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुुसलगायतका उपभोग्यवस्तुु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुुल्क लिने गरेका छन् । यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुुनै वस्तुु किन्नुप¥यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् ।
कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुुनी रूपमा अपराध हो । विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । वस्तुु र सेवाका नाममा मनपरी शूल्य लिनेलाई नियमन र अनुुगमन गरी अनुचित कारोबार भएको पाइएमा कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । विमानस्थलभित्र एक कफ चिया पिउने पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ ।
यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो । विभागको अनुगमन टोलीले ढिलै भए पनि अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र सञ्चालित चिया तथा कफीलगायतका नौवटा पसलको अनुगमन गरेर अनुुचित मूल्य लिनेलाई जरिवाना गरेको छ ।
विभागका बजार अनुगमन निरीक्षकको टोलीले विमानस्थल परिसरका नौवटा पसलको अनुगमन गरी उनीहरूले गरेको कैफियतअनुसार न्यूनतम ५० हजार र बढीमा चार लाख रुपियाँसम्म जरिवाना गरेको छ ।
विभागका अनुसार विभागको अनुगमनका क्रममा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेका एयरपोर्ट टी, कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबीपी मार्ट प्रालि, ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि, आन्तरिक टर्मिनलतर्फ न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट (टी, कफी एन्ड कन्फेक्सनरी) सप, (होटल स्वनिङ कफी एन्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज प्रालि तथा होटल स्वनिङ गरी जम्मा नौवटा पसल तथा होटललाई ५० हजारदेखि चार लाख रुपियाँसम्म जरिवाना गरेर एकै दिनमा १५ लाख राजस्व सङ्कलन गरेको छ ।