असोज ३० गते २०८३ || October 16, 2026

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त


आइतबार, फागुन ७ २०७९१२:११

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

 काठमाडौँ - कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो। नवनियुक्त सीईओ गुरुङले भोलि सोमबारदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओ पदका लागि २२ जनाले आवेदन दिएका थिए। ति मध्ये पाँच जना सर्ट लिष्टिङ भएको थियो।  सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका थिए। सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन्।


  • सम्बन्धित विषय:

  • # कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend